• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
हत्या प्रयासको बिषयमा राज्य मौन रहेको श्रीनिवासाचार्यकाे गुनासो
प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४

बिराटनगर । गोली प्रहारबाट घाईते हुनुभएका युवा सन्त श्रीनिवासाचार्यले आफुमाथि भएको हत्या प्रयासको बिषयमा राज्य मौन रहेको गुनासो गर्नुभएको छ ।

गोली प्रहारबाट घाईते श्रीनिवासचार्यलाई भेट्न आज बिहान विराटनगरस्थित न्यूरो अस्पताल पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीसंगको भेटमा उहांले यस्तो गुनासो गर्नुभएको हो ।

उहांले भागवत बाचन गरेर समाज विकासको काम गर्दै आएको आफुमाथि अपराधीहरुले अन्यायपुर्ण तवरले आक्रमण गरेको बताउनुभयो । उहांले घटनाका बिषयमा राज्यले गम्भीर भएर छानबीन गरेर अपराधी पत्ता लगाउनुपर्ने बताउनुभयो ।

श्रीनिवासाचार्यसंग कुराकानी गरेर बाहिरिदै गर्नुभएका डाक्टर लोहनीले घाइते श्रीनिवासाचार्य खतरामुक्त रहेको कुरा चिकित्सकहरुले बताएको जानकारी दिनुभयो । गएको २५ गते विराटनगरको जतुवामा अज्ञात समुहको गोली प्रहारबाट गम्भीर घाईते हुनुभएका श्रीनिवासाचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

सो घटनामा मोरङ प्रहरीले शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Comments