• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
स्वास्थ्य
दमक अस्पतालमा इमरजेन्सी र बहिरङ्ग सेवा सुरु
प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४

दमक ३० चैत्र । झापाको दमकमा रहेको दमक अस्पतालमा आजदेखी इमरजेन्सी र बहिरङ्ग सेवा सुरु भएको छ । जिल्ला स्तरकै पहिलो सरकारी अस्पतालले इमेरजेन्सी सुरु गरेको हो । 
१५ शैया क्षमता भएको अस्पतालको इमरजेन्सी सेवा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीले संयूक्त रुपमा उद्धघाटन गर्नु भएको थियो । उद्धघाटन पछि बोल्दै नगर प्रमुख ओलीले अस्पातले गर्ने बिभिन्न गतिबिधीमा नगरपालिकाले प्रत्यक्ष सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

समस्यै समस्यामा चलिरहेको दमक अस्पतालले नयाँ ब्यवस्थापन समीति पाएपछि केहि सुधार भएको र समस्याको पहिहचान गरि समाधान गर्दै नया सेवा सुरु गर्न सफल भएको दमक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष जीवन सिवाकोटीले बताउनु भयो । १० लाखको लागतमा सुरु भएको इमरजेन्सी सेवा सहित प्रसुति सेवा पनि केहि हप्तामै सुरु गर्ने जनाएको छ । 

Comments