• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु , दुई घाइते
प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४

बेलबारी ३० चैत्र ।  मोरङको बेलबारीमा गएराति ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा को १२ प ४६५९ नम्बरको मोटरसाइकल पछाडी सवार ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ बस्ने १७ वर्षीय मिसेत लिम्बु छन् ।

लिम्बुको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक मोरङ सुन्दर–हरैचा नगरपालिका १० बस्ने १६ वर्षीय पवन राई र पछाडी सवार २० वर्षीय संगित राई छन् ।

दुबै घाइतेको सोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राति करिब ८ः३० बजे मोटरसाइकललाई बेलबारी नगरपालिका ३, पूर्व–पश्चिम राजमार्गमा को १ त ९९१० नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्र्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

Comments