• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
राष्ट्रिय
झापा कन्काई नपाका मेयर यसरी जाेगिन खाेजेपछि....(भिडियाे सहित)
प्रकाशित मिति: बुधबार, चैत्र २८, २०७४

 झापा कन्काई । स्थानीय सरकार गठनपछि अन्य गाउपालिका तथा नगरपालिकाहरु आफ्नो क्षेत्रलाई कसरी बिकास गराउने भन्ने बैज्ञानिक योजना तर्जुमामा जुटिरहेका बेला केहि गाउपालिका र नगरपालिकाका जनप्रतिनिधिहरु  बिभिन्न घटनामा दोषी देखिन थालेका छन् । कतै बोराका बोरा सिमेण्ट घोटला काण्ड त कतै नागरिकमाथि निर्घात कुटपिट । 

पछिल्ला दिनहरुमा जनप्रतिनिधीहरुको राम्रो भन्दा बढि नराम्रा कुराहरु मात्रै बाहिर आउन थालेको छ । कतै बोराका बोरा सिमेण्ट घोटला त कतै मादक पदार्थ सेवन गरि कार्यालय पुग्नेसम्मका हर्कत जनप्रतिनिधिले गरिरहेका छन् ।

यतिमै मात्र सिमित छैन जनप्रतिनिधिको हर्कत । सुनसरीमा केहि महिना अघि जनप्रतिनिधिले जनप्रतिनिधीलाई नै हातापात गरेको दृष्य सबैले देखे । पछिल्ले पटक भने झापामा एउटा अर्को घटना बाहिरिएको छ ।

झापाको कनकाई नगरपालिका–१ निवासी भरतमणि भट्टराईले नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले आफूलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । बाटो फराकिलो पार्ने भन्दै आफ्नो नम्वरी जग्गामा ग्राभेल गर्न गिटी थुपारेपछि आफू अन्यायमा परेको भन्दै मेयर पोखरेलको घरमा जानकारी गराउन पुग्दा पोखरेलले कुटपिट गरेको भट्टराईको आरोप छ । 
 
मेयरको कुटाइका कारण आफ्नो नाथ्री फुटेको र शरीरका विभिन्न भागमा निलडाम भएको भट्टराईले बताए । यसैबिच कन्काइ नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले भने आफुले भरतमणि भट्टराईलाई कुटपिट नगरेको दाबी गरेका छन् ।

हिमशिखर टेलिभिजनसंग कुरा गर्दै पोखरेलले भट्टराई माथि कुटपिट नगरेको बरु स्थिती सामान्य बनाउनका लागि वादविवाद पछि घरबाट निस्कन भनेको प्रतिक्रिया दिएका छन् । 

भट्टराईले इलाका प्रहरी कार्यालय बिर्तामोडमा घटनाबारे उजुरी गरेका छन् । मंगलवार नै उनले मेची अञ्चल अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । 

Comments