• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
बिजनेस
झापाका खरबुजा किसानकाे लगानी समेत उठेन , कारण यस्ताे....(भिडियाे रिपाेर्ट)
प्रकाशित मिति: बुधबार, चैत्र २८, २०७४

झापा । पूर्वको नेपाल भारत सीमा मेची नदीको बगरमा खरबुजा खेती गर्दै आएका किसान यस पटक निक्कै चिन्तित छन् । समयमा पानी नपर्दा र अज्ञात रोगका कारण खरबुजा राम्रो उत्पादन नहुदा उनीहरुको लगानी डुबेको छ । 

झापाको भद्रपुरस्थित मेची नदीमा बर्षाेंदेखि सिजनमा खरबुजा र तरबुजा खेती गर्दै आएका किसानले यसपटक भने आफ्नो लगानी समेत उठाउन सकेनन् ।

नदीको बगरमा परिश्रम र लगानी गरेर आम्दानी लिदै आएपनि यसपटक भने किसानले सोचेअनुरुपको उत्पादन गर्न नसकेका हुन् । आवश्यकता अनुसार समयमा पानी नपर्दा र अज्ञात रोगका कारण खरबुजा र तरबुजाका बोटहरु मरेपछि उत्पादनमा कमी आएको हो ।

किसानका अनुसार एउटा बोटमा ४ देखि ६ वटा खरबुजा फल्नुपर्नेमा यसपटक १ देखि ३ वटा सम्म मात्र खरबुजा फलेको छ । यहाँका किसानलाई अघिल्ला बर्ष कृषि विकास कार्यालय झापाले बिरुवा, खाद्यमल, पम्पसेट उपलब्ध गराउनुका साथै रोगको बारेमा पनि जानकारी गराएको थियो ।

तर, यसपटक त्यस्तो सेवा सुविधा नहुदा र बजारमा खरबुजा बेच्ने समयमा फलसहितको बोट मर्न थालेपछि उनीहरु निराश देखिएका छन् ।

मेची नदीमा नेपाल तथा भारत दुवै देशका किसानले बर्षाेंदेखि खरबुजा र तरबुजा खेती गर्दै आइरहेका छन् । भद्रपुरको उत्तरदेखि दक्षिण सम्मको करिव २० देखि २५ विगाहा जमिनमा यहाँका किसानले बगरखेती गर्दै आइरहेका छन् ।

यहाँ उत्पादित खरबुजा पुर्वका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ । तर, यसपटक भने उत्पादनमा गिरावट आउँदा भद्रपुरमा नै अयन्त्रबाट ल्याइएको खरबुजा समेत बिक्री भइरहेको छ ।

Comments