• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
मोफसल समाचार
तेह्रथुममा विपन्न परिवारलाई जस्तापाता बितरण
प्रकाशित मिति: मंगलबार, चैत्र २७, २०७४

तेह्रथुम २७ चैत्र । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–७ ले वडाभित्रका आर्थिक रुपले विपन्न परिवारका सदस्यहरुलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिंचाईका लागि पाइप वितरण गरेको छ । 

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा क्षेत्रका ३ परिवारलाई जस्तापाता वितरण गरेको हो । वडा कार्यालयमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले वडा भित्रका विपन्न ठहरिएका मनबहादुर विक, देवीमाया विक र कुमारी दर्जीलाई प्रति परिवार १० हजार रुपैयाँ बराबरका जस्तापाता वितरण गर्नुभयो ।

यस्तै विद्युतीकरणका लागि आर्थिक विपन्नताका कारण समस्या बेहोरिरहेका हेमबहादुर लिम्बु, तिलबहादुर विक, हर्कबहादुर लिम्बु, सुमित्रा माझी र जयबहादुर खड्कालाई प्रतिपरिवार ६ हजार रुपैयाँ बराबरका मिटर बक्स, तार लगायतका विद्युतीकरणका सामाग्रीहरु वितरण गरीएको छ ।

यस्तै विभिन्न १६ परिवार लाभान्वित हुनेगरी साना सिंचाई तथा खानेपानीका लागि पाइप वितरण गरिएको वडा सचिव राम भट्टराईले बताउनुभयो । 

Comments