एजेन्सी । सिरियाको डोमा शहरमा शंकास्पद ग्यास हमलामा परि कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
पूर्वी घोउतामा विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम शहर डोमामा सरकारी सेनाले रासायनिक हमला गरेको आरोप विद्रोही पक्षले लगाएको छ ।
सरकारी सेनाले भने रासायनिक हमला नगरेको दाबी गरेको छ । ह्वाईट हेल्मेट्स नामक उद्धारकर्ता समूह तथा प्राथमिक चिकित्सकहरुले सो शहरमा भएको हमला र क्षतिका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि घटना बाहिर आएको हो ।
मृतकको संख्या बढ्नसक्ने बताइएको छ । रासायनिक ग्यास आक्रमणबाट एक हजार भन्दा बढी मानिस प्रभावित भएका छन् ।
यसैबीच अमेरिकाले रासायनिक हमलाप्रति आपत्ति जनाउँदै सिरियाली सेनाले गर्ने जुनसुकै नरसंहारको जवाफ रुसले दिनुपर्ने बताएको छ ।




