• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
स्वास्थ्य
सस्तो र सरल उपचार नाममा भारतीय अस्पतालको ठगी ( भिडीयाे )
प्रकाशित मिति: शनिबार, चैत्र २४, २०७४

काका‍डभिट्टा । उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतका अस्पताल तथा क्लिनिकमा पु¥याई बिरामी ठग्ने क्रम बढेको पाइएको छ । सिमावर्ती झापा लगायत पूर्वका विरामीलाई सस्तो र सरल उपचार नाममा भारत पु¥याउने र ठग्ने गरेको गुनासो बिरामी र बिरामीका आफन्तहरुको छ । 

पूर्वी नाका काँकरभिट्टासँगको सीमावर्ती भारतीय बजार पानीटंयाङ्की र सिलीगुढीका अस्पतालले नेपालमै एजेन्ट राखेर बिरामीलाई ती अस्पतालसम्म पु¥याउने गरेको पाईएको छ । उनीहरुले सीमावर्ती नेपाली बजार तथा गाउँहरुमा भारतीय अस्पताल तथा डाक्टरहरुको प्रचारप्रसार गरी विरामी आर्कषित गर्ने गरेका छन् ।

नेपालबाट भारत पुगेका बिरामीलाई चाहिदो नचाहिदो परिक्षण गर्ने साथै कतिपयले सरल र सुलभ मूल्य भन्दै निरन्तर बोलाएर अत्याधिक रकम असुल्ने गरेको बिरामीको गुनासो छ । उनीहरुले नेपाली बिरामीलाई स्तरिय सेवा दिनेभन्दा पनि पैसा कमाउने माध्यम मात्र बनाउदै आएको बिरामी र बिरामीका आफन्तले बताएका छन् ।

पछिल्लो समय भारतीय अस्पतालहरुमा उपचार गर्दा ठगिएर नेपालका अस्पतालमा उपचार गर्नेको संख्या पनि बढ्दो छ । झापामा सञ्चालित अस्पतालहरुले भारतमा उपचार गर्ने र विरामी ठिक नभएर यहाँका अस्पतालहरुमा आउने क्रम बढेको जनाएका छन् ।

नेपाली अस्पतालहरुका अनुसार विशेषगरी भारतको पानीटं्याकीमा नेपाली विरामीलाई लक्षित गरि खोलिएका क्लिनीकले पायल्स, फिस्टुला, हाइड्रोशिलका विरामीलाई थोरै रकममा चाँडो उपचार सम्भव हुने भन्दै गलत तरिकाबाट उपचार गरिरहेका छन् ।

यस किसिमबाट ठगिएका र विराम समेत ठिक नभएपछि जिल्ला प्रशासन कार्यलय झापामा केहीले उजुरी समेत दिएका छन् । भारतीय अस्पताल तथा क्लिनिकहरुलाई आफुहरुले कारवाही गर्न नसकेपनि विरामीलाई अनावश्यक आश्वासन दिई ठग्ने एजेण्टहरुलाई भने कारवाही गर्न थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

यसरी स्वास्थ्योपचारका नाममा भारतीय अस्पताल प्रशासन र डाक्टर स्वयम्ले लुट्ने गरेको घटना बाहिरीएसँग नेपाली विरामीले समेत चनाखो हुने अवस्था आएको छ ।

Comments