• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
बिजनेस
एक्सेल बैकले पाँचथर र सुनसरीमा पनि कारोबार गर्ने अनुमती पायो
रविन भट्टराई प्रकाशित मिति: शुक्रबार, चैत्र २३, २०७४

बिर्तामोड,२३ चैत । प्रदेश नं. १ को झापा सहित तीन जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर काम गरीरहेको (ख) वर्गको एक्सेल डेभलपमेन्ट बैकले थप दुई जिल्लामा कार्य क्षेत्र बिस्तार गर्ने भएको छ । 

झापा, ईलाम र मोरङ जिल्लामा मात्र बैंकिङ कारोबार गर्दै आएको एक्सेल बैंकले पाँचथर र सुनसरीमा पनि कार्यक्षेत्र बिस्तार गर्दै कारोबार गर्न बिषेश साधारणसभाले नियमावली संसोधन गरेको हो । 

शुक्रबार बिर्तामोडमा भएको बैंकको सेयरधनी र सञ्चालक सहितको विषेश साधारणसभाबाट बितिय कारोबार नियमावली र प्रवन्धक पत्र संसोधन गरीएको र अब संसोधन सँगै दुई जिल्लामा पनि शाखा बिस्तार गर्दै कारोबार गर्ने बाटो खुलेको अध्यक्ष हेमराज ढकालले बताए । 

नेपाल बैंक लिमिटेडबाट स्विकृती लिई विषेश साधारणसभाले नियमावली संसोधन गर्दै कार्यक्षेत्र बिस्तार गर्न सक्ने नियम भएकाले सोहि अनुरुप दुई जिल्लामा पनि कार्यक्षेत्र बिस्तार गर्न लागिएको अध्यक्ष ढकालको भनाई छ । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङका विभिन्न २१ स्थानमा अवस्थित शाखा कार्यालयहरु मार्फत ग्राहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको र अब थप दुई जिल्ला गरी २३ स्थानबाट कारोबार गर्ने सञ्चालक समिति सचिव स्याम बहादुर बोहोराले बताए । 

देश संघियतामा गएको र प्रत्येक स्थानिय तहका केन्द्र सम्म बैंक तथा बितिय संस्था पु¥याउने नेपाल सरकारको लक्षलाई साथ दिन पनि आफुहरुले कार्यक्षेत्र बिस्तार गरेको सचिव बोहोराको भनाई छ । 

एक्सेल बैंक लिमिटेडको हाल ३५ जना प्रमोटर सदस्यहरु रहेका छन् भने बैंकले गत आर्थिक वर्ष ०७३।०७४ मा १५ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको सञ्चालक गणेश खनालले बताए । यस बैंकको हाल सम्म लगानीमा रहिरहेको कर्जा ३ अर्ब ९३ करोड रहेको छ भने निक्षेप संकलन ४ अर्व ५१ करोड रहेको बताईएको छ । 

यसैबिच एक्सेल बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पत्रकार महाँसंघ झापा शाखाले सुरु गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख १ हजार रुपैयाँको चेक समेत झापा शाखालाई हस्तान्तरण गरेको छ । 

शाखाका उपाध्यक्ष एकराज गिरी र पत्रकारमहाँसंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई बैंकका अध्यक्ष हेमराज ढकालले बैकको विषेश साधारण सभाको अवसर पार्दै सो चेक हस्तान्तरण गरेका हुन् । महाँसंघको सो उपचार कोषमा हाल सम्म ३५ लाख रुपैयाँ जम्मा भईसकेको पत्रकार महाँसंघका उपाध्यक्ष गिरीले बताए । 
 

Comments