• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
बिजनेस
यस्ता अभावका कारण चैते धान उत्पादन गर्ने कृषक समस्यामा
प्रकाशित मिति: बिहीबार, चैत्र २२, २०७४

धनकुटा । धनकुटाका बेसी तथा फाँटका कृषक यतिबेला चैते धान लगाउन ब्यस्त छन् । तर कामदार अभाव, उन्नत जातको बिउ, प्रबिधि ज्ञान सिचाइ सुबिधा अभावका कारण चैते धान उत्पादन गर्ने कृषक समस्यामा परेका छन् । 

धनकुटाको साँघुरी गाँउपालिका बडा नम्बर ६ सिम्बुवाका कृषक चैत्र महिना लागे संगै चैते धान लगाउन ब्यस्त भएका छन् । तर यो गाँउमा चैते धान खेति गर्ने कृषकको संख्या भने बर्षेनी घट्दै गएको छ । केहि बर्ष अघि सम्म गाँउका  बिस परिबार भन्दा बढिले चैतेधानको खेति गर्ने गरेकोमा अहिले भने करिब १० परिबारले मात्र चैते धानको खेति गर्ने गरेका छन् । सिम्सुबा जस्तै जिल्लाका अन्य बेसी तथा फाँटमा समेत अबस्था उस्तै छ ।

सिचाइ सुबिधा, कामदार, पर्याप्त भएका ठाउका कृषकलाइ चैते धान लगाउन भ्याइनभ्याइ भए पनि बाकि क्षेत्रको जमिन बाँझै रहने गरेको छ । खडेरी, कामदार अभाव लगायको समस्याका कारण अधिकासं खेत बाँझै राख्न बाध्य भएको र थारै जमिनमा मात्र आलोपालो गरेर खेति गरीएको  धनकुटा साँघुरी गाँउपालिका बडा नम्बर ६ सिम्बुवाका कृषक उत्तर लिम्बु बताउनु हुन्छ । 

अघिल्लो आर्थिक वर्षमा १ हजार ४ सय २५ हेक्टर क्षेत्रफलवाट कबिर ३ हजार ७ सय २० मेट्रीकटन मात्र चैते धान उत्पादन भएको थियो । यो बर्ष भने १ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलवाट ६ हजार ६४ मेट्रीकटन मात्र चैते धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यलय धनकुटाले जनाएको छ ।

सिचाई सुबिधा, मौसम अनुकुल, मल बिउको सहज उपलब्धता तथा जिल्ला कृषि बिकास कार्यलय धनकुटाले बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गरेको कारण उत्पादन बढेको कार्यलयले जनाएको छ  । बृहत्तर धान उत्पादन कार्यक्रम अन्तरगत सिमित क्षेत्रमा आधुनिक प्रबिधि, धान रोप्ने तरीका, मल खाद, बिउ, तालिम प्रशिक्षण, बिमा लागयतको बारेमा कृषकलाइ जानकारी दिइएको थियो । तर यस्तो कार्यक्रम जिल्लाका सबै स्थानमा सञ्चालन हुन नसक्दा अन्य क्षेत्रका खेति योग्य जमिन भने बाँझै रहने गरेका छन् ।

जिल्लाको करिब २५ सय हेक्टर क्षेत्रफल चैते धान उत्पादनको लागि योग्य भए पनि करिब ६० प्रतिसत क्षेत्रफलमा मात्र चैते धानको खेति हुने गरेको छ । बाँकि जमिनमा सिचाइ सुबिधा, प्रबिधि, उन्नत बिउ, कामदार लगायत समस्याका कारण खेत बाँझै बस्ने गरेको छ । धनकुटामा हाल स्थानिय प्रजाति सहित तौली, चैते २, चैते ४, बेलगुटी, हर्दिनाथ–एक लगायतका जातको  धान खेति हुने गरेको छ ।


 

Comments