• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
अन्तर्राष्ट्रिय
फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताको गोप्य विवरण दुरुपयोग
प्रकाशित मिति: बिहीबार, चैत्र २२, २०७४

एजेन्सी । केम्ब्रिज एनालिटिक नामक एक राजनीतिक परामर्श संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण अनधिकृत रुपमा दुरुपयोग गरेको सामाजिक सञ्जाल फेसबुकले जनाएको छ । 

ती मध्ये ११ लाख प्रयोगकर्ता बेलायतका रहेको फेसबुकका प्रमुख मार्क जुकरबर्गले बताएका छन् । यसअघि सो संस्थाले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको बताइएपनि पहिलेभन्दा निकै बढी विवरण दुरुपयोग भएको पाइएको फेसबुकले जनाएको छ ।

जुकरवर्गले फेसबुकलाई सुरक्षित बनाउन थप काम गर्ने र आफ्नो जिम्मेवारीको दायरा समेत बढाउने बताएका छन्  । प्रयोगकर्ताका सूचना चुहावट हुने फिचर बन्द गरिसकेको भएपनि फेसबुकलाई कसरी प्रयोग गर्ने भन्ने विषय प्रयोगकर्तामा निर्भर रहने भएकाले यसमा सचेत बनाउने जिम्मेवारी लिनुपर्ने  उनले बताएका छन् ।

फेसबुकमा राखेका व्यक्तिगत विवरणहरूको प्रयोग तेस्रो पक्षले कसरी गरिरहेको छ भन्नेबारे पनि फेसबुकका अधिकारीहरुले सचेत गराइरहेको भन्दै पछिल्लो प्रकरणका विषयमा आन्तरिक छानबिन सुरु गरिसकेको जुकरवर्गले जानकारी दिएका छन् ।

केम्ब्रिज एनालिटिका’ सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको जितका लागि खेलेको भूमिकाका लागि चर्चित भएको थियो । निर्वाचनताका सो कम्पनीले अमेरिकी मतदाताका विविध पक्षबारे तथ्यांक उपलब्ध गराएको थियो ।

Comments