• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
मोफसल समाचार
युवकको आक्रमणबाट झापामा दुईजना प्रहरी घाइते
प्रकाशित मिति: बुधबार, चैत्र २१, २०७४

भद्रपुर २१ चैत्र। मादक पदार्थ सेवन गरेका युवकको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका ४ पुरी चोकमा दुईजना प्रहरी घाइते भएका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी स्थानीय सुवास राईले गएराती खुकुरीले आक्रमण गरेको प्रदेश १ प्रहरी कार्यालले जनाएको छ ।

खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका सहायक निरीक्षक प्रकाश खवास र जवान पुण्यप्रसाद पोखरेल घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको विर्तामोडस्थित एक अस्पतालमा उपचार भईरहेको छ । आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

Comments