• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
स्वास्थ्य
धरानका युवा जमात टोल चौक र गल्लीमा भएका फोहोर व्यवस्थापनमा यसरी लागे (रिपाेर्ट सहित)
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०७४

धरान । पूर्वका अन्य नगरपालिका भन्दा सफा र सुन्दर धरान भनेर चिनिए पनि यहाको फोहोर अझै व्यवस्थापन हुन सकेको छैन ।

धरानका चौक, चौक, गल्लीमा यत्रतत्र मानिसहरुले जथाभावि फोहोर गर्दा यसको सरसफाइ गर्ने धरान उपमहानगरपालिका हैरान हुने गरेको छ । तर अब धरानका युवा जमात टोल टोल चौक र गल्लीमा भएका फोहोर व्यवस्थापन गर्न जुटेका छन् । 

माघे संक्रान्तिमा धरान १४ हुक्पा चोङवाङ रिसोर्टमा आयोजना गरेको सांगीतिक कार्यक्रमबाट उठेको २ लाख २० हजारबाट उनीहरुले ५८ वटा डस्विन निर्माण गरी धरानका २० वटै वडाका टोल टोल , चौक र गल्ली गल्लीमा राखिदिएका छन् ।

स्वच्छ र सफा धरान बनाउने अभियानलाई सार्थकता दिन युवाहरु सक्रिय भई यस्ता  सकारात्मक कार्यमा लागेको इस्टर्न युथ क्लब धरानका अध्यक्ष चन्द्र लिम्बु बताउनुहुन्छ । 

उनीहरुले गरेको यस कार्यको धरानका सर्वसाधारणले समेत प्रशंसा गरेका छन् । डस्विन वितरणमा सहभागी धरान ११ का हेमकर्ण सुब्बाले युवापुस्तक सकारात्कक सन्देश दिदै रचनात्मक कार्यमा अगाडि बढ्नु अत्यन्तै प्रशंसनीय काम भएको बताउदै आफूहरुले पाइएको डस्विनलाई सही रुपमा सदुपयोग गर्ने बताउनुभयो ।



उनीहरुले जथाभावि फोहोर फाल्ने विरुद्ध खबरदारी गर्ने समेत बताएका छन् । बाटो हिड्ने बटुवालाई केन्द्रित गरी राखिएका यस्ता डस्विनमा बाटो हिड्ने बटुवाले अनिवार्य रुपमा डस्विनमै फोहोर फाल्न आफूहरुले अभिप्रेरित गर्ने उनीहरुको भनाई छ ।

बाटो हिड्ने बटुवाकै कारण धरानमा सम्पूर्ण फोहोरको ३० प्रतिशत भन्दा बढी फोहोर थुप्रिने गरेको छ । युवाहरुले प्रदान गरेको डस्विनबाट  फोहोर नियन्त्रणमा सहयोग पुग्ने धरानका सर्वसाधारणहरुले विश्वास समेत गरेका छन् ।

 

Comments