• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
बिजनेस
निर्माण सुरु भएकाे आठ बर्ष बितिसक्दा समेत स्मृति पार्क निर्माण पुरा भएन
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०७४

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिकाकामा निर्माणाधिन स्मृति पार्क आठ बर्ष बितिसक्दा समेत पुरा हुन सकेको छैन् ।

२०३६ सालको बहुचर्चित छिन्ताङ्ग हत्याकाण्डका शहिदहरुको स्मृतीमा शान्ति तथा पुननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा शहिदभूमि गाउँपालिकाको दुई र तीन नम्वर वडामा पर्ने पाताल डाँडामा निर्माणाधिन स्याटेलाइट पार्क, सामुगाउँ–पञ्चकन्या भएर पाताल डाँडाँ जोड्ने सडक, भ्यूटावर, सामुदायीक भवन र खानेपानी लगायत पूर्वाधारको ५० प्रतिशत काम अझै बाँकि छ ।

ऐतिहासिक र्पटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्य सहित निर्माण थालिएको स्मृति पार्कसम्म पुग्ने सात किलोमिटर मोटरबाटो ग्राभेल गर्ने भनिए पनि उक्त काम अझै पुरा भएको छैन् । भ्यूटावर र खानेपानीका पूर्वाधार पनि अधुरै छन् ।

गतबर्ष पर्यटन मन्त्रलयबाट ७० लाख रुपैयाँ बिनियोजन भएपनि ठेकेदारको ढिलासुस्तिका कारण काम हुन नसकेपछि ५० लाख रुपैयाँ भन्दा बढि रकम फ्रिज भएको थियो । ठेक्का मार्फत गरिएको काम सन्तोषजनक नभएपछि ठेक्का तोडेर यो बर्षबाट उपभोक्ता समिति मार्फत काम थालिएको छ ।

चालु आर्थिक बर्षमा दुई किलोमिटर सडक सोलिङ्ग, पोखरी, गेट तथा अलपत्र भ्यूटावर निर्माणका लागि ६५ लाख रुपैयाँ प्राप्त भएको पार्क निर्माण समितिका अध्यक्ष रुपलाल राईले जानकारि दिनुभयो ।

Comments