• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
खेलकुद
विराट गोल्डकपमा आज संकटा र भारतको मोहम्डन क्लब भिड्दै
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०७४

विराटनगर १८ चैत्र ।  विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा आज संकटा क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबका बिच प्रतिष्पर्धा हुने छ ।

यसअघि हिजो सम्पन्न खेलमा मोरङ ११ ले विजय सुरुवात गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको पहिलो खेलमा थिम्पु फुटबल क्लबलाइ २–० गोलले हराउँदै मोरङले विजयी सुवात गरेको हो । निकै प्रतिष्पर्धात्मक भएको खेलमा मोरङ ११ का भुवन बस्नेत र निशान लिम्बुले एक एक गोल गर्दै आफ्नो टिमलाइ विजयी बनाएका हुन् ।

गोल्डकपको विजेताले नगद १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैया“ पुरस्कार प्रदान गरिने छ । 

Comments