• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
अन्तर्राष्ट्रिय
बिदेशी कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने रुसकाे घोषणा
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०७४

एजेन्सी । रुसले थप २३ देशका ५९ कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । 

दुई बेलायती नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोपमा अमेरिकाले ६० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय लिएको थियो । त्यसैको जवाफमा रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो ।

त्यसपछि फेरि रुसी विदेश मन्त्रालयले अरु देशका कूटनीतिज्ञलाई पनि देश निकाला गर्ने घोषणा गरेपछि रुस र बाँकी विश्वबीच कूटनीतिक सम्बन्धमा थप कटूता उत्पन्न हुने देखिएको छ ।

रुसका पूर्वकूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उनकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै अमेरिका सहितका केही देशले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेका थिए ।

यसै विषयमा विश्वका २४ राष्ट्रले एक सयभन्दा बढी रूसी कूटनीतिज्ञलाई फिर्ता पठाएपछि रुष्ट बनेको रुसले पनि पछिल्लो निर्णय लिएको हो । 

Comments