• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
बिजनेस
तेह्रथुममा चिया प्रशोधन उद्योग स्थापना
प्रकाशित मिति: बिहीबार, चैत्र १५, २०७४

तेह्रथुम​ १५ चैत्र । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङको सिकिदिममा चिया प्रशोधन उद्योग स्थापना भएको छ । सिकिदिम चिया उत्पादक सहकारी संस्थामार्फत किसान आफैँले श्रमदान र लगानी समेत गरेर प्रशोधन उद्योग स्थापना गरेका हुन् ।

सहकारी मार्फत चिया प्रशोधन उद्योग स्थापनाका लागि किसानलाई उन्नति परियोजनाले आर्थिक सहयोग गरेको छ । करिब बीस लाख रुपैयाँ लगानीमा उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको हरियो पत्ती खेर नजाने भएको सहकारी संस्थाका अध्यक्ष गोविन्द लिम्बुले बताउनुभयो ।

यसअघि विगतका वर्षहरुमा प्रशोधन उद्योग नहुँदा मोराहाङका चिया किसानहरुले उत्पादन गरेको हरियो पत्ती प्रशोधनमै नआई त्यतिकै नष्ट भएर जाने गरेको थियो ।

अहिले किसानले हरियो पत्ती टिप्ने समय सुरु भएकाले यही वर्षबाट उद्योगले उत्पादन गर्ने अध्यक्ष लिम्बुले बताउनुभयो । अब मोराहाङमै किसानले हरियो पत्ती टिपेर प्रशोधन, ग्रेडिङ र प्याकेजिङ समेत गरी तयारी चिया उत्पादन गर्ने भएका छन् । 

Comments