धनकुटा । सिद्धार्थ बैकले पुर्बि पहाडि जिल्ला धनकुटामा आफ्नो ७४ औं शाखा बिस्तार गरेको छ ।
बैंकले धनकुटा बजार स्थीत धनकुटा बसपार्कमा हिजादेखी आफ्नो ७४ औं शाखाको बिधिबत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।
शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र सिद्धार्थ वैँक सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले संयुक्तरुपमा सुरुवात गर्नुभएको थियो । यस्तै सिद्धार्थ वैँकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले वैँकले उत्पादनशिल क्षेत्रमा लगानी गर्दै जाने वताउनुभयो ।
देश भर १०० शाखा रहेको बैकले धनकुटामा आफ्नो सेवा भने गत श्राबण महिना बाटै सुरु गरेको थियो ।
हात्तिसार काठमाण्डौमा केन्द्रिय कार्यलय रहेको यो बैक नेपाल राष्ट्र वैँकवाट क वर्गको राष्ट्रिय स्तरको ईजाजतपत्र प्राप्त वैँकको रुपमा रहेको छ ।