• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
बिजनेस
दमकबाट अबैध रुपमा लैजादै गरेको काठ कानेपोखरीमा पक्राउ
प्रकाशित मिति: बुधबार, चैत्र १४, २०७४

दमक । झापाको दमकस्थित हंसेदुम्से सामुदायिक वनबाट अबैध रुपमा लैजादै गरेको काठ र ट्रयाक्टर मोरङको कानेपोखरीमा पक्राउ परेको छ । 

मोरङको बेलबारी तर्फ लैजाने क्रममा प्रहरीले कानेपोखरीबाट २५ क्यूफिट काठसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यलय पथरीको टोलीले गोप्य सुचनाका आधारमा ट्रयाक्टर र अबैध सो काठसहित पक्राउ परेका तीनै जनालाई सेक्टर वन कार्यालयलाई जिम्मा लगाएको छ ।

 इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक विजय श्रेष्ठले ना. ३ त ३६३१ नम्बरको ट्रयाक्टरमा काठ लुकाएर लैजादै गर्दा दमक घर बताउने २१ बर्षिय अनिल लिम्बु र १६ बर्षिय सुमन राई तथा चुलाचुली घर बताउने ३२ बर्षिय मानबहादुर लिम्बु पक्राउ परेको जानकारी दिनुभयो ।

 पक्राउ परेका उनीहरुले काठ दमकबाट ल्याएको बताएपनि अबैध काठका व्यापारी को हुन भन्ने बारे बताउन नचाहेको पनि प्रहरी निरिक्षक श्रेष्ठको भनाइ छ ।

Comments