• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
स्वास्थ्य
झापामा नागरिक स्वास्थ्य विमा कार्यक्रम निकै प्रभाबकारी बन्दै
प्रकाशित मिति: मंगलबार, चैत्र १३, २०७४

दमक । झापा जिल्लामा यसै वर्षबाट लागु भएको नागरिक स्वास्थ्य विमा कार्यक्रम निकै प्रभाबकारी बनेको पाईएको छ  ८लाख १२ हजार ६ सय ५० कुल जनसंख्या रहेको झापा जिल्लामा हाल सम्म ४० हजार बढिले नेपाल सरकारले लागु गरेको नागरिक स्वास्थ्य विमा कार्यक्रममा सहभागि भइसके पाइएको छ ।

गत पुषबाट जिल्लाका १५ वटै स्थानीय तहका १ सय ३१ वटै वडामा यो कार्यक्रम लागु भएको स्वास्थ्य विमा वोर्ड शाखा कार्यालय प्रदेश नम्बर एक झापाले जनाएको छ । जिल्लाका सवै वडाहरुमा अहिले १ सय ९२ जना दर्ता सहयोगीहरुले नागरिकहरुको स्वास्थ्य विमा गराई रहेको कार्यालय झापाका दर्ता अधिकारी पशुपति चौधरीले जानकारी दिनुभयो ।

यो कार्यक्रम अन्र्तगत एका घरका ५ जना सदस्यसम्मको २ हजार ५ सय रुपैयामा एक वर्षसम्म लागु हुने गरि विमा गरिने गरिएको चौधरीले जानकारी दिनुभयो । ५ जना भन्दा बढि सदस्य रहेको घर परिवारकालागि भने प्रति सदस्य थप ४ सय २५ रुपैया अतिरिक्त लिने गरिएको चौधरीले जानकारी दिनुभयो ।

नागरिक स्वास्थ्य विमा कार्यक्रममा सहभागि बनेका सर्वसाधारणहरुले तोकिएको स्वास्थ्य संस्थाहरुबाट बार्षिक एक परिवार वराबर ५० हजार सम्मको निःशुल्क औषधी र उपचार सेवा पाउने कार्यालयले जनाएको छ । विमा गरेको नागरिकहरुलाई सहज रुपमा उपचार सेवा दिन जिल्लाका ११ वटा स्वास्थ्य संस्थाहरु तोकिएको छ । यसरी तोकिएका ६ वटा प्रथामिक स्वास्थ्य केन्द्रहरुमा धुलाबारी, शिवगंज, खजुरगाछी, शनिश्चरे, वनयानी र सुरुङा प्राथिम स्वास्थ्य केन्द्र रहेका छन ।

यसैगरि मेची अंचल अस्पताल, दमक अस्पताल, आम्दा अस्पताल दमक, र लाईफ लाईन अस्पताल दमकबाट पनि सो सेवा लिन सकिने कार्यालयका दर्ता अधिकारी चौधरीले जानकारी दिनुभयो ।

यो कार्यक्रम अन्र्तगत जिल्ला भित्र तोकिएका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा उपचार संभब नभएका विमा गरिएका विरामीहरुलाई अन्य ठुला र सुविधा सम्पन्न अस्पतालहरुमा समेत पठाउन सकिने व्यावस्था रहेको छ । हाल प्रदेश नम्बर एकका ५ वटा जिल्ला इलाम, झापा, सुनसरी, खोटाङ र भोजपुरमा यो कार्यक्रम लागु भइसकेको छ ।

Comments