• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
स्वास्थ्य
स्वास्थ्य केन्द्रमा प्राविधिक नहुँदा वर्षौँदेखि एक्स–रे मेसिन प्रयोगविहीन
प्रकाशित मिति: शनिबार, चैत्र १०, २०७४

 तेह्रथुम १० चेत्र । तेह्रथुमको आठराई गाउँपालिकास्थित सक्रान्ति बजार प्राथमिक स्वास्थ्य केन्द्रमा प्राविधिक नहुँदा नौ वर्षदेखि एक्स–रे मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको छ 

एक्स रे सेवा सन्चालन गर्न प्राविधिकको माग गर्दै आएको केन्द्रकालागि यो वर्ष पुनः स्वास्थ्य सेवा विभागले एक्स–रे मेसिन नै उपलब्ध गराएको छ । अहिले स्वास्थ्य केन्द्रमा दुई वटा एक्स रे मेसिन रहेका छन् । तर केन्द्रमा अहिलेसम्म न त दक्ष प्राविधिकको दरबन्दी छ, न त तालिमप्राप्त कर्मचारी नै ।

स्वास्थ्य सेवा महाशाखाले २०६५ सालमा पठाएको एक्स–रे मेसिन प्रयोगमा नआई फेरि नयाँ मेसिन प्राप्त भएको केन्द्र व्यवस्थापन समितिका पुर्वअध्यक्ष कमल माबोले बताउनुभयो । मेसिन भएर पनि प्रयोगमा नआउँदा तेह्रथुमको आठराई र फेदाप तथा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका बासिन्दा सो सेवा लिनबाट बञ्चित हुदै आएकाछन् ।

यहाँका बासिन्दा एक्स रे सहितको भरपर्दो स्वास्थ्य सेवाका लागि पाँचथर हुँदै झापा, मोरङ र सुनसरीका सुविधासम्पन्न अस्पतालसम्म पुग्न बाध्य रहेका छन् । विद्युतको समस्या भएपछि स्थानीयहरुले नगद संकलन गरेर पाँच किलोवाटको जेनेरेटर समेत खरिद गरेर केन्द्रलाई उपलब्ध गराएका थिए ।

स्वास्थ्य सेवाको व्यवस्थापन समेत स्थानीय तहको जिम्मामा छ । तर केन्द्रमा रहेका एक्स–रे मेसिन सन्चालन गर्न आठराई गाउँपालिकाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ ।

Comments