• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
स्वास्थ्य
वीपी प्रतिष्ठान धरानले थप ५० शैय्याको आकस्मिक कक्ष विस्तार गर्ने
प्रकाशित मिति: शुक्रबार, चैत्र ९, २०७४

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप ५० शैय्याको आकस्मिक कक्ष विस्तार गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नयाँ डिजाइन र भौतिक संरचना बिस्तार गर्ने योजना प्रतिष्ठानको कार्यकारिणी समिति र सिनेटले पास गरेको छ ।

बिरामीको चाप र जनशक्तिलाई ध्यान दिँदै डिजाइन र भौतिक संरचनासहित प्रतिष्ठानको आकस्मिक कक्षमा आधुनिक उपकरणसहित थप शैय्या बिस्तार गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानले मुख्य आकस्मिक कक्षमा बिरामीको चाप बढेकै कारण स्त्री तथा प्रसूति, बालरोग सम्बन्धी आकस्मिक कक्ष बिस्तार गरिसकेको छ ।

मुख्य आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको चाप नघटेपछि थप आकस्मिक कक्ष बिस्तार गर्ने निर्णय गरेको उपकुलपति प्रा. डा. राजकुमार रौनियारले बताउनुभयो । अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले पूर्वमा अधिकांश जिल्ला बिरामी आउने र हाल रहेको आकस्मिक कक्षा सांघुरिएकाले आधुनिक उपकरणसहित आकस्मिक कक्ष बिस्तार गर्न लागिएको बताउनुभयो ।

Comments