• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
अन्तर्राष्ट्रिय
आकाशे पुल खस्दा कम्तीमा चारको मृत्यु
प्रकाशित मिति: शुक्रबार, चैत्र २, २०७४

एजेन्सी । अमेरिकाको मायामी शहरस्थित एकदमै व्यस्त सडक क्षेत्रमा पैदलयात्रीका लागि हालै निर्माण गरिएको एउटा पुल भत्कँदा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी कार्यमा उद्धारकर्ताहरु खटिइरहेका छन्।

आपत्‌कालीन उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका कारहरुमा फसेका मानिसहरुलाई बाहिर निकालिरहेका छन्। उक्त पुलको निर्माण शनिबार पुरा भएको थियो तर त्यो पैदल यात्रुका लागि खुल्ला गरिएको थिएन।

प्रत्यक्षदर्शीहरूले चारैतिर धुलोको मुश्लो उडिरहेको देखेको र कारहरूबाट मानिसहरू चिच्याइरहेको आवाज सुनेको जानकारी दिएका छन्।स्थानीय समय अनुसार अपरान्ह दुई बजे भन्दा केही अघि मात्र उक्त ९ सय ५० टनको आकाशे पुल भत्किएर तलको सडकमा खसेको थियो।जसका कारण कैयौँ सवारी साधनहरू क्रंकिटको भग्नावशेषमा पुरिएका थिए।

फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीका विद्यार्थीहरूले त्यहाँ रहेको ६ लेनको मोटरबाटो सुरक्षित रुपमा काट्न सकुन् भनेर उक्त पुल बनाइएको थियो।यातायत सेवा प्रभावित नहुने गरी द्रूत रुपमा निर्माण गर्न मिल्ने अत्याधुनिक विधिबाट उक्त पुल बनाइएको थियो।

अमेरिकाको यातायत सुरक्षा हेर्ने निकायले घटनास्थलमा आफ्ना अनुसन्धानकर्ताहरू पठाउन लागेको जनाएको छ।निर्माणमा संलग्न कम्पनी एमसीएमले जाँचमा पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाएको छ।

Comments