• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
राष्ट्रिय
व्यवसायी हत्याको विरोधमा बिर्तामोड बजार बन्द, तीन पक्राउ
रविन भट्टराई प्रकाशित मिति: मंगलबार, फाल्गुण २९, २०७४

बिर्तामोड,२९ फागुन । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा मंगलबार बिर्तामोडका व्यवसायीले बजार बन्द गरेका छन् । 

बिर्तामोड उद्योग बाणिज्य संघको आह्वानमा मंगलबार एक दिनका लागि बिर्तामोड बजार बन्द गरिएको हो । संघका अध्यक्ष कुमार भट्टराईले व्यवसायी हत्याको विरोधमा बजार बन्द गरिएको बताए ।

फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा फेला परेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु धमलाले बताए । 

यता, घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केहि सुनचाँदी व्यवसायी सहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान पूरा भएपछि पक्राउ परेकाको नाम पत्रकार सम्मेलन मार्फत् मंगलबार दिउँसो सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपि कृष्णप्रसाद कोईरालाले बताए 
 

Comments