• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
राष्ट्रिय
ब्रेक फेल भएको ट्रकले किच्दा धनकुटामा दुइ सडक मजदुरको मृत्यु
प्रकाशित मिति: मंगलबार, फाल्गुण २९, २०७४

धनकुटा २९ फागुन । ब्रेक फेल भएको ट्रकले किच्दा धनकुटामा दुइ सडक मजदुरको मृत्यु भएको छ ।

धरानबाट स्काभेटर लिएर धनकुटा तर्फ आउँदै गरेको ना ५ ख १९३६ नंं.को ट्रक साँगुरीगढि गाउँपालिका ९ स्थीत कोशि राजमार्गको घण्टेमा ब्रेकफेल भइ सडक सफा गदै गरेको मजदुरलाइ ठक्कर दिदा उनिहरुको घट्नास्थलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृत्यु हुनेका साँगुरीगढि गाउँपालिका ७ का ४५ बर्षिय रामजीत राई र साँगुरीढी ७ का वीर बहादुर राई रहेकाछन् । त्यस्तै सो दुर्घटनामा अन्य चार जना घाईत भएकाछन् ।

घाईत हुनेमा  ट्रकचालक रामेछाप जिल्ला मन्थली ७ का ४५ बर्षिय देवकुमार लामा, सहचालक मकवानपूर का २० बर्षिया समन तामाङ्, स्काभेटर लिएर आएका बाग्मती नगरपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक सुरेन्द्र खड्काले जानकारी दिनुभयो

दुर्घटनामा घाईतेहरुको  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

Comments