• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
प्लेन दुर्घटनामा परेर निधन भएकाहरुको शव आफन्तलाई बुझाइने प्रक्रिया सुरु
प्रकाशित मिति: मंगलबार, फाल्गुण २९, २०७४

काठमाण्डौ २९ फागुन । युएस बंगाल एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव आजबाट आफन्तलाई बुझाइने प्रक्रिया सुरु हुने भएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा निधन भएकाहरुको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रक्रिया पूरा गरेर शवहरु आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको भीड लागेको छ । दुर्घटनामा घाइते भएका २२ जनाको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ११ जना नेपाली र बाँकी ११ जना अन्य देशका नागरिक भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा आयोग समेत गठन गरेको छ ।

Comments