• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
राष्ट्रिय
आठ दिनदेखी बेपत्ता बिर्तामोडका साजन मुखियाको शव फेला
प्रकाशित मिति: मंगलबार, फाल्गुण २९, २०७४

बिर्तामाेड २९ फागुन । सुनचादी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेलापरेको छ ।

यही फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र किरा परेर सड्न लागेको अवस्थामा हिजो इलामको रोङ गाउँपालिका–३, कोल्बुङस्थित (मेची राजमार्गको लसुने–अर्यालचोक सडकखन्डको जमुनेडाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा फेला परेको हो ।

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिनुभयो । बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचँदी पसलका सन्चालक मुखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै निस्कीएका थिए । 

Comments