• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
कैलालीको घोडाघोडी नपाका प्रमुख ममताप्रसाद चोधरीमाथि गोली प्रहार
प्रकाशित मिति: मंगलबार, फाल्गुण २९, २०७४

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । 

साेमबार राति ८ः३० बजे मोटरसाइकलमा आएको नचिनेको समूहले निवासमै वहालाई गोली प्रहार गरेको  कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।

१०/१२ जनाको संख्यामा आएको नचिनेको समूहले चौधरीको घरमै आएर गोली र खुकुरी प्रहार गरेको प्रहरी प्रमुख घिमिरेले जनाउनुभयो ।

चौधरीको टाउकोमा खुकुरी प्रहार र खुट्टामा गोलीको छर्रा लागेको छ । वहाको नेपालगञ्जमा उपचार भइरहेको छ । मेयर चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चौधरीलाई घोडाघोडीमा केही दिन पहिले भएको बोक्सी काण्डमा दोषीको बचाउ गरेको आरोप छ ।

Comments