• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
खेलकुद
तेस्रो झापा गोल्डकपको उपाधि आर्मीलाई,झापा ८–७ अन्तरले पराजीत
प्रकाशित मिति: मंगलबार, फाल्गुण २९, २०७४

बिर्तामाेड । तेस्रो झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । फाइनलमा घरेलु टिम झापा ११ लार्ई सडेन डेथमा हराउँदै आर्मीले सिजनको सातौं उपाधि उचाल्यो ।

झापाको डोमालाल रंगशालामा भएको खेलमा आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले हरायो । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरे ।

खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट कर्ण लिम्बुले गरेको प्रहार गोलमा परिणत भएपछी घरेलु टोली झापाले अग्रता लिएको थियो । त्यस्तै ७९ औं मिनेटमा भरत खवासले गोल फर्काउँदै खेल बराबर परेका थिए ।

दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका हुन् । निर्धारित समयमा अन्य गोल हुन नसकेपछी खेल १५ मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछी खेल पेनाल्टीमा पुगेको हो ।

पेनाल्टी ३–३ भएर खेल सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०–१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८–७ ले बाजी मार्याे । झापाका गोलकिपर किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो ।

झापा गोल्डकप मोफसलमा सर्वाधिक पुरस्कारको प्रतियोगिता हो । उपाधि विजेता आर्मीले १२ लाख ५१ हजार पुरस्कार प्राप्त गर्याे भने उपविजेता झापाले ६ लाख नगद प्राप्त गर्याे ।

Comments