• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
राष्ट्रिय
१० बर्ष अघि सुरु गरिएकाे काबेली करिडोरको काम अति सुस्त (रिपाेर्ट सहित)
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०७४

पाँचथर । १० बर्ष पहिलेदेखि निर्माण प्रक्रिया अघि सुरु गरिएको १३२ केभीए विद्युत प्रसारणलाईन काबेली करिडोरको काम अति सुस्त छ ।

दोस्रो पटक थपिएको समयसिमामा पनि करिडोरको काम सम्पन्न नहुने भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिडोर निर्माणको स्थलगत अनुगमन गर्नुभएको छ ।  अनुगमनको क्रममा उनले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । यद्यपी बैशाख १० गतेसम्मको निर्धारित समयमा काम सम्पन्न गर्न भने निकै गाह्रो छ । 

राष्ट्रिय गौरबको आयोजना काबेली करिडोरको काम निर्धारित समयमा सम्पन्न नहँुदा पाँचथर ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लामा निर्माणाधिन जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् ।

करिडोर निर्माणका लागि दोस्रो पटक थपिएको समय सकिन लाग्दा ७५ प्रतिशत मात्र काम सकिएको छ । पटक पटक गरि थपिएको समयमा पनि काम सम्पन्न हुने छाटकाट नदेखिएप्छि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिडोरको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमन गर्दै घिसिङले जुनसुकै हालतमा पनि निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । 
 
झापाको दमकदेखि पाँचथरको अमरपुर सम्मको ९० किलोमिटर प्रशारण लाईन निर्माण गर्न ढिलाई हुँदा करिडोरको कामले अपेक्षित गति लिन नसकेको हो । करिडोरका लागि चार ओटै सवस्टेशन निर्माण भईसकेका छन् । झापाको दमक, इलामको गोदक, पाँचथर स्थित फिदिमको थापाटार र आमरपुरको बुविचौरमा सबस्टेसन निर्माण सम्पन्न भएको हो । प्रशारण लाईनका लागि टावर राख्नुपर्ने काममा ढिलाई भएको छ ।

करिडोरका प्रमुख दिपेन्द्रराज द्धिवेदीका अनुसार जम्मा दुई सय ६० ओटा टावर मध्ये दुई सय ३२ ओटा टावर राखिसकिएको छ । विवादका कारण २८ ओटा टावर राख्न समस्या भएकाले निर्धारित समयमै काम सम्पन्न गर्न समस्या भएको हो ।

पाँचथरको जोरसाल खण्डमा १२ ओटा टावर, इलामको सिद्धिथुम्कामा ११ र चमैतामा पाँच ओटा टावर राख्न बाँकी छ । जसमध्ये १३ ओटा टावर राख्ने ठाँउमा विवाद उत्पन्न भएर काम रोकिएको द्धिबेदीले जानकारी दिनुभयो । विवाद समाधान भए तीन महिनाभित्रमा काम सम्पन्न गर्ने उहाको भनाइ छ । 

२०६३ सालदेखि नै निर्माण प्रक्रिया अघि बढेको करिडोरको काम प्रारम्भिक चरणदेखि नै सुस्त छ । प्रशारण लाईन निर्माणको जिम्मा पाएको जगुवर एण्ड एष्टर नामक भारतीय निर्माण काम्पनीले काममा ढिलाई गर्दा करिडोर निर्माणको कामले गति लिन नसकेको हो ।

प्रसारण लाईन विस्तार हुने ठाँउका स्थानीयहरुसँगको मुआब्जा विवादका कारण कामले अपेक्षित गति लिन नसकेको बताईको छ । तीन अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढेको हो । 

Comments