• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
नुवाकोटकाे दुई स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०७४

नुवाकोट २७ फागुन । नुवाकोटका दुई छुट्टाछुट्टै स्थानमा आज भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।नुवाकोटको व्यस्त वट्टारबजारमा बसको ठक्करले एक जना वृद्द र वेलकोटगढीमा टिप्परले ठक्कर दिँदा एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पासाङ ल्हामु मार्गको त्रिशूली–काठमाडौं सडकखण्डको वीचमा रहेको विदुर नगरपालिका वडा नम्बर २ वट्टारवजारमा बिहान पौने ९ वजे त्रिशूलीबाट काठमाडौं जाँदै गरेको वा४ख ७९८ नम्बरको वसले विदुर ३ फिर्केपका ७६ वर्षिय इश्वरीलाल श्रेष्ठलाई ठक्कर दिँदा वहाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक वसन्तबहादुर कुवरले जानकारी दिनुभयो ।

बसले ठक्कर दिँदा टाउको, हात तथा शरीरका अन्य भागमा गम्भीर चोट लागेर गम्भीर घाइते श्रेष्ठको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै नुवाकोटको दक्षिणी भेगमा रहेको रातमाटवाट गल्छीतर्फ जाँदै गरेको वा३ख ६६६७ नम्बरको टिप्परले कल्चेडीमा वा ७० प ४४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोटको विदुर नपा वडा नं। ९ कोलोनीका तीलकबहादुर मिजारको घटनास्थलमै मृत्यु भएको छ । 

Comments