• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
मोफसल समाचार
दमककाे सिंहदेबी माबिका १७ जना बिद्यार्थीहरुलाई छात्रबृति प्रदान
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०७४

दमक । झापाको दमक १० स्थीत सिंहदेबी माध्यमीक बिद्यालयमा अध्यानरत १७ जना बिद्यार्थीहरुलाई आज खगेन्द्रप्रसाद पदम रत्न न्यौपाने छात्रबृत्ति कोषले छात्रबृति प्रदान गरेको छ ।
कोषले एक कार्यक्रमका विच १७ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको हो ।  छात्रबृत्तिकोष बाट ४४ हजार ४ सय ४४ रुपयाँ छात्रबृति स्वरुप वितरण गरिएको हो ।

कोषले कक्षा १० र ११ मा उत्कृष्ट अंक ३ जना र कक्षा १० देखि कक्षा १२ सम्ममा अध्यायनरत १४ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई कोषले छात्रबृती बितरण गरेको छ । २०६७ सालमा स्थापना भएको खगेन्द्रप्रसाद पदम रत्न न्यौपान कोषबाट बार्षिक रुपमा छात्रबृत्ति प्रदान गर्दै आइरहेको बिद्यालयका शिक्षक घनश्याम अधिकारीले बताउनु भयो ।

बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद खनालको अध्यक्ष्तामा भएको कर्यक्रममा  नगर प्रमुख रोमनाथ ओली दमकका श्रोत ब्यक्ति गणेश पौडेल लगायतको उपस्थिती रहेको थियो । गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाई उच्च शिक्षा अध्यान गर्न सहयोग गर्ने उदेश्यले छात्रबृत्तिलाई निरन्तरता दिइने संस्थापक ८५ बर्षिय खगेन्द्रप्रसाद न्यौपानेले बताउनु भयो ।

Comments