• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
बिजनेस
आगमी चैत २, ३ र ४ गते काठमाडौंमा छैठौं ‘विजनेश लिडर कनक्लेभ’ हुने
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०७४

काठमाण्डौ । आगमी चैत २, ३ र ४ गते काठमाडौंमा छैठौं ‘विजनेश लिडर कनक्लेभ’ हुने भएको छ ।

नेपालसहित विभिन्न सार्कमा आबद्ध मुलुकहरुको व्यापार व्यवसाय बढाउन सहयोग पुर्याउने उद्देश्यले उक्त कनक्लेभ , सार्क चेम्बर आफ कमर्श एन्ड इण्डस्ट्रिज (सार्क सीसीआई) ले गर्ने भएको हो ।

काठमाडौंमा आइतबार सार्क सीसीआईले पत्रकार सम्मेलन गरी उक्त सञ्चालन हुने सभाको बारेमा जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा सार्क सीसीआईका अध्यक्ष सुरज वैद्यले नेपालको लागि उक्त सभा महत्वपूर्ण हुने बताउनुभयो ।

सभामा सार्क मुलुकका वाणिज्य मन्त्रालयको प्रतिनिधि, विभिन्न सार्क स्थित चेम्बरका प्रतिनिधि, विजनेश कमिटी, नीति निर्माता लगायतको महत्वपूर्ण उपस्थिति रहने उहाले जानकारी दिनुभयो ।

सार्क क्षेत्रको कृषि, उर्जा, सडक लगायतको विकासको सम्बन्धमा छलफल हुने भन्दै उहाले सार्क क्षेत्रका युवाहरुबाट धेरै नै अपेक्षा गरेको बताउनुभयो ।  नेपाल, भारत, बंगलादेश, भुटान लगायत सार्कमा आबद्ध आठ मुलुकको विभिन्न आर्थिक मुद्धाहरुमा विस्तृत छलफल गरिने उहाको भनाई छ ।

पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव रविशंकर सैंजुले मुलुकको सबैभन्दा ठूलो बजार सार्कसँगको रहेको बताउनुभयो । आयोजकले सभामा मुलुकबाहिरबाट करिब २ सयको संख्यामा डेभलपर, डेलिगेटर, स्पीकर लगायतको उपस्थिति हुने जनाएको छ । 

Comments