• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
रेशम चौधरीलाई संसदमा उपस्थित गराउन सरकारको ध्यानाकर्षण
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०७४

काठमाण्डौ २७ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो पार्टीका सांसद  रेशम चौधरीलाई संसदमा उपस्थित गराउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आईतबार संसद् बैठकमा राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले हिरासतमा रहेका सांसद चौधरीलाई संसदमा उपस्थित गराउनु सदनको समेत जिम्मेवारी रहेको उल्लेख गर्दै आवश्यक पहल गर्न सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभएको हो ।

राजपा अध्यक्ष मण्डलका नेता भण्डारीले चौधरीको शारीरिक अवस्था कमजोर भएको उल्लेख गर्दै गम्भीर अवस्थामा रहेका चौधरीको विषयमा सहयोग गर्न सदनसमक्ष माग गर्नुभयो । चौधरीको उचित स्वास्थ्य उपचारको व्यवस्था सरकारले गर्नुपर्ने समेत उहाको भनाई छ ।

कैलाली घटनाका मुख्य दोषीको अभियोगमा रेशम चौधरी हिरासतमा रहनुभएको छ । चौधरीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हिजो काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको छ । चौधरीले भूमिगत अवस्थामै कैलालीबाट प्रतिनिधिसभा निर्वाचनमा अत्याधिक मत ल्याएर निर्वाचित हुनुभएको थियो । 

Comments