• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुंदा २५ जना घाइते
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०७४

बिराटनगर २७ फागुन । मोरङको जहदा गाउपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुंदा २५ जना घाइते भएका छन्।

 पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को २ त २०३७ को ट्र्याक्टर  सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ।

उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

Comments