• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
राष्ट्रिय
विजयपुरको महत्वलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन यहाका बासिन्दाकाे अठोट (रिपाेर्ट)
गोविन्द बस्नेत प्रकाशित मिति: शनिबार, फाल्गुण २६, २०७४

 धरान । धरान १४ विजयपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकिय महत्वलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन विजयपुरबासी जुटेका छन् । मन्दिरै मन्दिर भएको यस स्थानको दिगो विकाशकालागि धरान उपमहानगरपालिकालाई झकझक्याउदै स्थानीय आफुले समेत लगानी गरेर पूर्वाधार निर्माणमा जुटेका हुन् ।

धार्मिक ताथ पर्यटकीय संम्भावना बोकेको विजयपुरलाई अझैपनि भौतिक पूर्वाधारको विकाशका हिसाबले दुर्गम मान्निन्छ । यहाका प्रचलित मन्दिर पिण्डेश्वर, बुढास्ुब्बा, दन्तकाली र पञ्चकन्याको दर्शन तथा सेनकालिन बुद्धिकर्ण हाङको दरबार स्थल अवलोकन लागि आउने भक्तजना तथा पर्यटकहरु मुस्किलले मात्र यो स्थान सम्म पुग्ने गरेका छन ।

यो समस्याको अन्त्यका लागि अहिले उपमहानगरपालिका सग सहकार्य गरि याहाका स्थानीयहरु यसक्षेत्रको क्षेत्रको भौतिक पुर्वाधारको बिकाशमा जुटेका छन । उपमहानगरपालिकाले यस क्षेत्रको दिगो विकाशलागि २ करोड बजेट  दिएसंगै हौसिएका स्थानीयहरु अपुग रकम आफैले जम्मा गरेर टोलटोलमा बाटो  पु¥याउने अभियानमा जुटिरहेका धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बताउनुभयो ।

अहिले यहाका स्थानीयहरु विजयपुरको वृहत्तर विकासका योजना तर्जुमा कसरी गर्ने जस्ता विषयमा गहन वहस र छलफलमा जुट्ने गरेका छन् । धरान उपमहानगरपालिकाले यस क्षेत्रको विकासका लागि उच्च प्राथमिकतामा काम शुरु गरेपछि यहाको पूर्वाधार निर्माणले तिब्रता पाएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कृष्ण भट्राई बताउनुहुन्छ ।

अहिले धरान १ रेडक्रसबाट बुढासुब्बा, धरान ३ तुर्केदेखि पिण्डेश्वर र विजयपुरबाट पञ्चकन्या मन्दिर जाने बाटो का साथै विजयपुरलाई जोड्ने बैकल्पिक मार्गको समेत धमाधम निर्माण हुन थालेको छ । स्थानीयहरुले निर्माण उपसमिति नै गठन गरि विजयपुरलाई जोड्न बैकल्पिक मार्ग निर्माणमासमेत अग्रसर बनेका तीनधारे तुर्के सडक निर्माण उपभोक्ता समितिकी कोषाध्यक्ष तारा पोख्रेलले बताउनुभयो ।

धार्मिक ऐतिहासिक महत्व बोकेको यस स्थानमा रहेको पिण्डेश्वर मन्दिरमा प्रत्येक बर्ष साउन महिनाको सोमबार जल चडाउनेको भीड लाग्ने गर्दछ भने नेपालीहरुको महान चाड दशैको समयमा दन्तकाली मन्दिरको महत्व छुट्टै रहेको छ । यस्तै बुढासुब्वा मन्दिरको महिमा सुनेर देश तथा विदेशबाट दर्शनका लागि आउने गरेका छन् । यस्ता ऐतिहासिक महत्वको मठ मन्दिरको प्रचार प्रसार, संरक्षणका गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनकै लागि स्थानीयले देखाएको यो सक्रियताले सार्थकता पाउन सकोस ।

Comments