• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
खेलकुद
झापा गोल्डकप : फाइनलमा आर्मी र झापा भिड्ने
प्रकाशित मिति: शनिबार, फाल्गुण २६, २०७४

झापा,२६ फागुन । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो झापा गोल्डकपको उपाधीका लागि आयोजक झापा ११ सँग भिड्ने भएको छ । शनिबार अन्तिम सेमीफाइनलमा मनाङ मस्र्याङ्दीमाथि १–० को नतिजा निकाल्दै आर्मीले उपाधीका लागि झापासँगको भेट पक्का गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले खेलको सुरुवातमा नै गरेको गोल निर्णायक बन्यो । नवयुग श्रेष्ठले खेलको पहिलो मिनेटमा नै गरेको एकमात्र गोलको मद्धतले आर्मी उपाधी नजिक पुग्न सफल भएको हो । 

जारी सिजन उत्कृष्ट प्रर्दशन गर्दै आएको आर्मीलाई मनाङले दोस्रो हाफमा केही दबाबमा राखेपनि गोल गर्न नसक्दा मनाङको अघिल्लो यात्रा समाप्त भयो ।

खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे । अब आर्मीले आगामी सोमबार आयोजक झापा ११ सँग फाइनल खेल खेल्नेछ । उपाधी विजेताले नगद १२ लाख ५१ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ ।

Comments