• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
राष्ट्रिय
नेपाल–भारत दशगजा क्षेत्रमा अनुगमन र निरिक्षण (रिपाेर्ट सहित)
अर्जुन आचार्य प्रकाशित मिति: शनिबार, फाल्गुण २६, २०७४

बिराटनगर । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दशगजा क्षेत्रको अनुगमन र निरिक्षण गरेको छ । सीमा क्षेत्रका स्तम्भहरुको निरिक्षण र तथ्याङ्क लिने कार्य गरिरहेको अनुगमन टोलीले जनाएको छ ।

नेपाल भारत संयुक्त सर्वेक्षण टोलीले दशगजा क्षेत्रको निरिक्षण गरेको छ । निरिक्षणका क्रममा दशगजा क्षेत्रभित्रका स्तम्भहरुको तथ्यांक संकलन गर्ने कार्य भएको पाइएको छ । मोरङमा ६३ किलोमिटर खुला सिमाना रहेको छ । यस्तै सिमा स्तम्भ १ सय ६७ बाट सुरु भएको छ ।

हिले मोरङको सीमा क्षेत्रमा त्यस्तो कुनै पनि समस्या नरहेको तर नो मेन्स लेन्ड भित्र भने ससाना घर र बाटा बनाइएको पाइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो ।

हाल ताप्लेजुङदेखि सुनसरीसम्म सिमा स्तम्भ निरिक्षण गर्ने र भत्केका सिमा स्तम्भ बनाउने कार्य द्रुत गतिमा भैरहेको छ । झापामा स्तम्भ निर्माण कार्य भैरहेको छ भने मोरङको दशगजा क्षेत्रमा निरिक्षण गरी तथ्यांक लिने कार्य भैरहेको नापी विभागका अधिकृत शिव लम्सालले बताउनुभयो । उहाँले संकलित तथ्याङक परराष्ट्र मन्त्रालयमा पठाउने बताउनुभयो ।  

संयुक्त सीमा सर्वेक्षण टोलीले कार्यलाई तिव्र रुपमा अगाडि बढाएको छ । नेपाल भारत सिमा सर्वेक्षण टोलीले स्थानीय जनतासँग सहकार्य गरेर कामलाई अगाडि बढाएको सशस्त्र सिमा सुरक्षा बल कार्यालय रानीका प्रमुख भेषबहादुर शाहले बताउनुभयो ।
भारततर्फ सर्वेयर नरेशकुमार र नेपालतर्फ इन्जिनियर गिरिजा पोखरेलको नेतृत्वमा काम भइरहेको बताइएको छ । 

Comments