• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
मोफसल समाचार
दमकमा भेटिएका ९ बर्षिय रबिन दर्जीकाे गायनमा यस्ताे क्रेज (रिपाेर्ट सहित)
सुदिप अधिकारी प्रकाशित मिति: शनिबार, फाल्गुण २६, २०७४

दमक । लुकेका प्रतिभाहरूको खोजी र अनुसन्धान तथा तिनीहरूलाई राष्ट्रिय जीवनमा चिनाएर उचित कदर गर्नुपर्ने जिम्मेवारी अघोषित रुपमा सबैको हो । अवसर नदिएसम्म लुकेका प्रतिभा बाहिर ल्याउन सकिन्न । यस्तै एकजना बालक आफ्नो गलाको उचित मूल्याङ्कन गरिदिनेको खोजीमा भौतारिरहेका छन् । 

नेपालमा यस्ता प्रतिभा छन् जुन कुना–कुनामा लुकेका छन् । त्यस्ता प्रतिभालाई बाहिर ल्याउन कहि कतैबाट खासै पहल भएको चाहि पाईदैन । बरु पहुँचवाला र शहरबजारमा बिभिन्न प्रतियोगिताकै आयोजना हुने गरेको छ । तर ग्रामिण भेगमा रहेकाहरुको कला र गला त्यसै मरिरहेको छ । झापा दमकस्थित बेलडाँगीको एक होटलमा भेटिए ९ बर्षिय रबिन दर्जी । हामीसँग भेट्ने बित्तिकै निक्कै उत्साहित बनेका उनी हामीलाई यसरी गित सुनाउन थाले 

पछिल्लो समय युट्युव च्यानल प्रतिभा भएकाहरुका लागि एउटा राम्रो प्लेटफर्म सावित भएको छ । गायन होस् या नृत्य धेरैले आफ्नो कलालाई राख्ने सरल माध्यम युट्युव भइदिदा लुकेका प्रतिभा बाहिर उजागर भएको पाइन्छ । बेलडागीमा बुवा बिष्णु र आमा ललिता भने बनीबुतो गरेर आफ्ना छोराछोरीको लालनपोषण गराईरहेका छन् । ५ दिदिबहिनीको एक मात्र माईती आफु नै भएको र भविष्यमा गएर ठुलो गायक बन्ने सपना बोकेका रबिन अवसरको खोजीमै छन् । 

यहाँ लुकेका प्रतिभा धेरै छन् तर उनीहरुको पर्वाह छैन । बेला बखत गाउघरमा हुन गरेको पूजा बिबाह त्यसैगरि पुराणमा यि ९ बर्षिय बालक रबिनको खुबै खोजी हुन्छ । उनलाई केहि रकम पनि दिन्छन् त्याहा । तर उनको रहर पुरा गरिदिन कसैको ध्यान पुगेको देखिदैन । उनी गायनमा यति रम्न चाहान्छन् कि उनी हरबखत गित सुनाएर जो कसैलाई पनि मन्त्रमुग्ध बनाईदिन्छन् । 

प्रत्येक मानिससँग, प्रत्येक चिजवस्तुहरूसँग केही न केही कुरा, कुनै न कुनै कुरा लुकेको हुन्छ । अथवा कारणवश लुकाइएको हुन्छ वा लुकाउन बाध्य पारिएको हुन्छ । ती लुकेका वा लुकाइएका कुरा खोतल्न अरुले प्रयास गर्दैनन् । र गर्नेहरूले बुझ्दैनन् ।

बुझ्नेहरूमध्ये आधाले बुझेर पनि नबुझेजस्तो गरिदिन्छन् । आधाले वेवास्ता गर्छन् । अनि यसरी नै कलिलो प्रतिभा मर्न बाध्य हुन्छ, फूल बन्नु अगावै मरेको कोपिलाझैं । उड्न नपाउँदै खोल्यासबाट खसेको चरा जस्तै ।

Comments