• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
राष्ट्रिय
भोजपुरमा सुचनाको हक सम्बन्धी सरोकारवाला निकायलाई जानकारी
प्रकाशित मिति: शनिबार, फाल्गुण २६, २०७४

भोजपुर २६ फागुन । राष्ट्रिय सुचना आयोगले स्थानीय तहका जनप्रतिनिधी, सरकारी कार्यालय, राजनितिक दल, नागरीक समाज,व्यवसायीलाई सुचनाको हक सम्बन्धी जानकारी गराएको छ ।

सर्बसाधारणमा सुचनाको पहँुचका लागी सुचनाको हकको महत्व रहेको कुरालाइ मध्यनजर गर्दै र स्थानिय तहमा सुशासनको लागि सुचनाको हकको ब्यबहारिक प्रयोगले ठुलो भुमिका खेल्ने भन्दै आयोगले स्थानिय तहका जनप्रतिनिधी, कर्यालयहरुका सुचना अधिकारी र प्रमुखलाई अभिमुखिकरण र अन्तरक्रियामा सहभागी गराइएको हो ।

 कार्यक्रममा बौल्दै प्रमुख अतिथी आयोगकी आयुत्त यशोदा तिम्सीनाले सार्वजनिक महत्वका सुचनामा आम नागरीककोे सरल र सहज पहुँच पु¥याई सुचनाको हकको संरक्षण गर्नु सार्वजनिक निकायको दायित्व भएकाले मागकर्तालाई सहज रुपमा उपलब्ध गराउनु पर्ने वताइन् ।

त्यस्तै उनले सरकारी कार्यालय वा गैरसरकारी कार्यालयले सार्वजनिक सुचना बिभिन्न माध्यमबाट प्रबाह गर्नु उसको कर्तव्य रहेको उनको भनाई थियो । मागकर्ताले पनी पाएको सुचना दुरुपयोग गर्न नहुनेमा उनको जोड थियो  । शुक्रबार भोजपुर सदरमुकाममा सुचनाको हक सम्बन्धी अधीमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराइएको हो ।

Comments