• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
स्वास्थ्य
अन्तराष्ट्रिय महिला दिवसका अवसरमा विरामीलाई फलफुल वितरण
बसन्त लिम्बू प्रकाशित मिति: बिहीबार, फाल्गुण २४, २०७४

ताप्लेजुङ  २४,फागुन . अन्तराष्ट्रिय महिला दिवसका अवसरमा हरियाली अन्तराष्ट्रिय मञ्च ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङमा रहेका विरामीलाई आज विहान फलफुल वितरण गरेको छ । अस्पतालमा उपचारार्थ रहेका २४ जना विरामीलाई फलफुल तथा जुस (फ्रुटि) वितरण गरिएको मञ्चका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभयो । 

विहान अस्पताल परिसरमा आयोजित एक विशेष कार्यक्रम पछि प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसि सहितको टोलीले विरामीहरुलाई फलफुल वितरण गरेको थियो । फलफुल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी जिसिले विरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको शुभकामना समेत दिनुभयो । 

कार्यक्रममा शसस्त्र प्रहरी नायव उपरिक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान विभाग ताप्लेजुङका प्रमुख दुर्गा चापागाई, अस्पतालका प्रमुख डाक्टर सचिन यादव, अन्य सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, मञ्चका पदाधीकारी लगायतको सहभागीता रहेको मञ्चका सहसचिव ङिमा शेर्पाले जानकारी दिनुभयो । 

यसै वीच अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला उद्यमी संघ ताप्लेजुङले सिरिजंघा गाउँपालिकामा र फुङलिङ नगरपालिकाले जिल्ला समन्वय समितिको कार्यालय परिसरमा आज दिउँसो विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । दिउँसो हुने कार्यक्रममा ज्येष्ठ महिलालाई सम्मान, अन्तरकृया, खेल प्रतियोगिता लगायतका कार्यक्रम हुने जनाईएको छ । 
 

Comments