• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
मोफसल समाचार
कन्काइ नदिमा पुल नबन्दा शिवसताक्षी ७ का बासिन्दालाई सास्ती (रिपाेर्ट सहित )
गोबिन्द ल्वागुन प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०७४

झापा । भौगोलिक हिसाबले सुगम मानिएको झापाको शिबताक्षी नगरपालीका वार्ड नम्बर ७ को अवस्था भने कहाली लाग्दो छ । यस वडाका नागरिकहरुले वार्ड कार्यालय सम्म पुग्न पनि ठुलो चुनौती व्यहोर्नु पर्छ । यसै वडाको मध्यभाग भएर बग्ने कन्काइ नदिमा पुल नबन्दा नदिको पुर्ब तर्फमा रहेको लालपानीका बासिन्दहरु जोखिम व्यहोर्दै वारीपारी गर्ने गर्छन । 

शिवसाताक्षि नगरपालिकाको वडा नम्बर ७ को कार्यालय साबिक शिबगञ्ज गाबिसको कार्यालय चन्द्रडाँगी जहा, पश्चिमा फाक्तेपस्थीत डुडामारी खोला पुर्वमा लालपानी साबिकको शरर्णामति गाबिस  सम्म फैलिएको छ । वडावासीहरुले हरेक कामका लागि  वडा कार्यालय आउन कन्काई नदिको बाँसको फड्के तर्नुपर्छ ।

हिउद महिनामा त दुःख गरेर बाँसको फड्के प्रयोग गर्छन तर बर्षा याममा कन्काई नदि बढेपछि घण्टौ लगाएर सुरुङगा हुदै दुधे भएर कार्यालयमा अउनु पर्ने बाध्यता रहेको छ । 

यस वाडमा साबिक शिबगञ्जको ६ वटा वाड समायोजन  भएको छ । भौगोलीक बिभिद्धता र नदि कटानको वडाबासीले अर्को ठुलो समस्या पनि भोगि रहेका छन । यहाँ कन्काइ नदि पार गरेर आउन जानको लागी करिब १ सय ५० मिटर लामो बाँसको फड्के बनाईएको छ ।

लालपानी बासीहरु कार्यालय आउदा जोखिम मोलेर यहि बासको फडके प्रयोग गर्ने गर्दछन । यो समस्याका दिगो समाधान खोज्ने काम भइरहेको वडा अध्यक्ष नबिन इजमले बताउनु हुन्छ ।
११ वटा वार्ड भएको यस शिबसताक्षी नगरपालीकामा भौगोलिक हिसावले पनि सबै भन्दा ठुलो वडा हो । यो वडा १ हजार ८ सय ५५ घरधुरीको बसोबास रहेको छ । लालपानीमा मात्र १ हजार २ सय मतदाता रहेका छन ।

यो समस्यको समाधानका लागी जिल्ला समन्वय समितिले २०७६ साल सम्ममा  झोलुङगे पुल निर्माण सम्पन्न गर्ने गरि काम अघि बढाई सकेको छ । 

लालपानीका बासिन्दालाई आफ्नै वार्ड कार्यालयसम्म पनि निकै ठुलो चुनौती रहेको छ । सुगम जिल्लाको यो दुराअवस्थाको  चाँडै अन्त्य गरिन आवश्यक देखिएको छ । 

Comments