• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
स्वास्थ्य
धनकुटा नपाले सञ्चालनमा ल्याएको  फोहरमैला ब्यवस्थापन केन्द्र नमुना बन्दै
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०७४

 धनकुटा २३ फागुन । धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको  फोहरमैला ब्यवस्थापन केन्द्र नमुना बन्दै गएको छ । फोहरमैला व्यवस्थापन केन्द्रको स्थापनासगै नगरमा जताततै देखिने फोहरको उचित व्यवस्थापन हुन थालेको हाे।

धनकुटाले शुरु गरेको यो अभियान अहिले अन्य गाँउपालिका तथा नगरपालिकाको लागि सिकाईको थलो बनेको छ । धनकुटा नगरपालिकाले फोहरलाइ पुरेर बनाएको पुष्प वाटिका र नगरले गरेको नमुना फोहर व्यबस्थापन हेर्न र जान्न यो आर्थिक बर्ष भित्रमात्रै  दर्जन बढि नगरपालिका तथा गाउपालिकाको टोली भ्रमणमा आइसकेका छन् ।

सफा शहर अभियानलाई सार्थक बनाउन धनकुटा नगरपालिकाले घरभीत्रको फोहर न्यूनिकरणका लागि घरैपिच्छे गड्यौला पालन, बायोग्यास र मानव मलमुत्र संकलन गरि कम्पोष्ट मल बनाउने कामलाई प्रोत्साहन गरेको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।

धनकुटा सदरमुकाम र हिलेबाट मात्रै दैनिक १४ टन भन्दा बढि फोहर उत्पादन हुन्छ भने नकुहिने फोहोर ७ टन मात्रै फोहोरमैला संकलन केन्द्रमा जम्मा हुने नगरपालिकाले जनाएको छ । फोहर मैला व्यबस्थापन केन्द्रमा थुप्रिएको फोहरको थुप्रो माथिनै फूलवारी सहितको सुन्दर पार्क समेत निर्माण गरिएको छ । 

Comments