• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
मोफसल समाचार
जिरिखिम्तीमा रिङरोडको स्तरोन्नती सुरु
प्रकाशित मिति: आइतबार, फाल्गुण २०, २०७४

पथरी, २० फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिकाको रिङरोडको अवधारणामा पश्चिमी सीमानामा पर्ने  १० नम्वर वडाको जिरिखिम्तीस्थित शान्ति रिङरोडको स्तरोन्नती कार्य सुरु भएको छ ।

 एक कार्यक्रमकाबीच नगर प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला र सोही टोलका वडा सदस्य अनोज घिमिरेले रिङरोड स्तरोन्नतीको शिलान्यास गर्नुभयो ।

  नगरपालिका अन्तर्गत वडाको ५ लाख तथा उपभोक्ताबाट ८१ हजार ३ सय ३५ रुपैयाँ थप गरी ३ सय ३५ मिटर बाटोको स्तरोन्नती गरिने उपभोक्ता समिति अध्यक्ष नरबहादुर कटुवालले जनाउनु भयो  ।

  नगरको डाँस र मोरङ्गी खोलाले छेकेको र पूर्वपश्चिम मुख्य सडक भन्दा होचोमा वस्ती रहेको जिरिखिम्ती छुट्टै टापूका रुपमा विकास निर्माणका कुराले समेत पछि हुँदै आएकोमा अव स्थानीय विकासमा जुट्ने योजना रहेको पनि उहाँले वताउनु भयो  ।

  मुख्य सडक उत्तरको डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको कार्यालयसम्म पुगेर पश्चिम मोडिने वाटोलाई २४ फिटको निर्माण गरी दुईपट्टी छेउमा पक्की ढलान समेत गरिने छ ।

Comments