• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
स्वास्थ्य
धनकुटामा खानेपानीका लागि ५ करोड ४३ लाख खर्च हुने
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १८, २०७४

 धनकुटा । धनकुटामा यो बर्ष खानेपानीको क्षेत्रमा कुल ५ करोड ४३ लाख रुपैया खर्च हुने भएको छ ।

उच्च प्रबिधि युक्त केन्द्रीय खानेपानि कार्यक्रम अन्तरगत खानेपानि तथा ढल निकास बिभागले सो रकम खर्च गर्न लागेको हो । जस मध्ये ६५ प्रतिसत एसियालि बिकास बैकको ऋण सहयोग तथा ३५ प्रतिशत नेपाल सरकारको लगानी रहने क्षेत्रिय अनुगमन तथा सुपरीबेक्षण कार्यालय धनकुटाले जनाएको छ ।

यो रकम जिल्लामा सञ्चालित कुल ३२ योजनाकाका ४ सय ४४ उप आयोजनाको लागि खर्च गरीने छ । यी आयोजना ७५्७६ साल सम्ममा सम्पन्न गरीसक्ने कार्यालयका सिनियर डिभिजन इन्जीनीयर रामप्रसाद दहालले जानकारी दिनुभयो ।

यी आयोजना सम्पन्न भए पछि जिल्लाका कुल ८२ हजार ९ सय ६३ जनाको खानेपानिको सुबिधा प्राप्त गर्ने जनाइएको छ । 

Comments