• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
बिजनेस
चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १८, २०७४

ताप्लेजुङ । पूर्वी पहाडी जिल्लाहरुमा बढी उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु मर्कामा परेका छन् । अलैचिको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आय आर्जनमा कमी आएको छ ।

अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समेत कमी आएको ताप्लेजुङका चिराइतो व्यवसायी कैलास बानियाले बताउनु भयो । दुई वर्षअघि प्रतिमन ३२ हजार रुपैयाँसम्म खरिदबिक्री भएको चिराइतो अघिल्लो वर्ष मुस्किलले प्रतिमन ८ हजार रुपैयाँमा बिक्री भएको थियो ।

यो वर्ष पनि मूल्यमा भारी गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प भएको बानियाँको भनाइ छ । यो वर्ष प्रति मन पाँच हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यसको मुख्य बजार चीन र भारतमा व्यापार रोकिए पछि बंगलादेश निर्यातमा पहल नहुँदा कारोबार रोकिएको व्यापारीहरुको भनाई रहेको छ ।

एक वर्ष अघि सम्म अन्य बजारमा भन्दा चिनको तिब्बतमा यसको मुल्य उच्च हुँदा पूर्वका सबै चिराईतो ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चिन निकासी भएको थियो । चिराइतो भारत र चीनलगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ ।

महत्वपूर्ण जडीबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन् । चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम लगायतका कृषक घरमै थन्काएर राख्न बाध्य भएका छन् ।

Comments