• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
खेलकुद
झापा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्धघाटन खेलमा झापा र सुदुरपश्चिम भिड्ने
रविन भट्टराई प्रकाशित मिति: बुधबार, फाल्गुण १६, २०७४

बिर्तामोड,१६, फागुन  । फागुन १९ गतेदेखि शुरु हुने तेस्रो रमपम झापा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक रमपम झापा–११ ले सुदुरपश्चिम–११ भिड्ने भएका छन् । 

झापा गोल्डकपको टाइसिट अनुसार पहिलो चरणका खेलहरुमा नेपाल पुलिस क्लबविरुद्ध रुपन्देही ११, थ्रीस्टार विरुद्ध एपीएफ र मनाङ मस्याङ्दी सहारा क्लब पोखराबीच खेल हुने आयोजकले जनाएको छ । 

यस वर्षको खेलमा आयोजक टिम रमपम झापा ११ एफसीसँगै थ्री स्टार क्लब, मनाङ मस्याङ्दी क्लब, विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ टिम, सहारा क्लब, रुपन्देही ११ एफसी, सुदूर पश्चिम ११ एफसी र भारतको सिक्किम युनाइटेड एफसी सिक्किमको सहभागिता रहने आयोजकले बताएको छ । यसवर्ष मोरङ ११ को सट्टा पोखराको सहारा क्लबले झापा गोल्डकपमा डेब्यू गरेको हो ।

 झापा स्थित डोमालाल राजबंशी फुटबल खेल मैदानमा खेल फागुन २८ गतेसम्म चल्ने छ । प्रतियोगिताको बिजेताले १२ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २५ हजार प्राप्त गर्नेछ ।
 

Comments