• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
खेलकुद
झापा गोल्ड कपको तयारी अन्तिम चरणमा
प्रकाशित मिति: आइतबार, फाल्गुण १३, २०७४

झापा । फागुन १९ गते देखि झापाको डोमालाल राजवंशी रंगशालामा हुने झापा गोल्ड कपको तयारीलाई तिब्रता दिईएको छ ।  खेल हेर्न आउने दर्शक बस्नका लागि अस्थाई प्याराफिट निर्माण गर्ने र खेल मैदानलाई व्यवस्थित बनाउने काम जारी रहेको आयोजकले बताएको छ ।

यस पटक खेल हेर्नका लागि मैदानको दाँया र बाँया बाँसको प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको र खेल मैदानमा दुबो उमार्ने र मिलाउने काम पनि भई रहेको मुल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताउनुभयो ।

यस अघिका वर्षमा चार तहको मात्र प्याराफिट निर्माण गरीएको भए पनि यस पटक दुई तह बढाएर छ तहको अस्थाई प्याराफिट निर्माण भईरहेको अध्यक्ष गिरीको भनाई छ । सो अस्थाई प्याराफिटमा चार हजार दर्शक अटाउने अपेक्षा राखिएको गिरीले बताउनुभयो ।

मोफसलकै ठुलो पुरस्कार राशीको झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको तेस्रो संकरण फागुन १९ गते देखि सुरु भई २८ गते सम्म चल्ने छ ।

नकआउटका आधारमा खेलाईने प्रतियोगिताको बिजेता टीमलाई बाह्र लाख र उपबिजेतालाई ६ लाख रुपैंया पुरस्कार दिने आयोजकले बताएको छ । प्रतियोगितामा नेपालका नौ र एक प्रतिष्ठित विदेशी टिम गरी १० टिमको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताउनुभयो ।  

Comments