• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
अन्तर्राष्ट्रिय
भारतीय अभिनेत्री श्रीदेवीको दुवईमा निधन
प्रकाशित मिति: आइतबार, फाल्गुण १३, २०७४

 भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा गएराति दुबईमा निधन भएको छ । भारतीय मिडियाका अनुसार ह्रदयघातका कारण उनको मृत्यु भएको हो ।

मृत्युको बेला उनका पति बोनी कपूर र छोरी खुशी पनि साथै रहेको बताइएको छ । उनकी ठूली छोरी जाह्नवी भने सुटिङमा व्यस्त भएका कारण दुबई गएकी थिइनन्।  आफ्नो परिवारसँग दुबईमा एउटा बिहे समारोहमा सहभागी हुन गइरहेकी श्रीदेवीलाई त्यहीँ शनिबार राति करिब ११ बजे हर्ट अट्याक भएको थियो ।

उनको निधनको खबर पाउने बित्तिकै बलिउडका स्टारहरुले सोसल मिडियामा श्रद्धाञ्जलि दिन थालेका थिए ।  श्रीदेवीलाई बलिउडकी पहिलो महिला सुपरस्टारका रुपमा पनि चिनिन्छ ।

बाल कलाकारका रुपमा फिल्मी करिअर सुरु गरेकी उनले हिन्दी फिल्ममा अभिनय गर्नुभन्दा पहिला तामिल, तेलुगु, मल यालम र कन्नड फिल्ममा पनि काम गरेकी थिइन्। २०१३ मा उनलाई भारत सरकारले पद्मश्री सम्मान गरेको थियो । ९० को दशकका उनका फिल्म चाँदनी, लम्हेँ, मिस्टर इन्डिया, नगिना सुपर हिट थिए ।

बलिउडमा लामो समयपछि उनले इंग्लिस विंग्लिस फिल्मबाट शानदार कमब्याक गरेकी थिइन्। उनको अन्तिम फिल्म माम भने २०१७ मा रिलिज भएको थियो । 

Comments