• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
लोकपप गीत ‘कोदो फल्ने’को म्युजिक भिडियो चाँडै बजारमा आउदै
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ११, २०७४

दमक । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा ओम प्रकाश राईको शब्द तथा संगीत रहेकोे लोकपप गीत ‘कोदो फल्ने’को मोरङको मिक्लाजुङमा छायाकंन गरिएको छ ।

मिक्लाजुङ स्थित टाँडीको विभिन्न रमणीय स्थानहरुमा छायाकंन गरिएको उक्त गीतमा गायक सक्थिम योङयाको स्वरमा रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल विशाल सेनेहाङ लिम्बु र प्रिया लिम्बुको मुख्य अभिनय गरेको छ ।

गीतको भावना अनुसार कलाकारले समेत उत्कृष्ट अभिनय गरेकाले भिडियो उत्कृष्ट बनेको निर्देशक तुम्बाहाम्फेले बताए । केहिवर्ष अघि देखि  हङकङलाई आफनो कर्मथलो बनाउदै आएका गायक योङयाले नेपाल आउदाको समयलाई सदुपयोग गर्दै म्युजिक भिडियो छायाकंन गराएका हुन् ।

बिदेशी भूमीमा रहेर पनि नेपाली गीत संगीतमा निकै सक्रीय रहदै आएका गायक योङयाका अनुसार गीतको म्युजिक भिडियोलाई यसै फागुन महिना भित्र विभिन्न टेलिभिजन तथा यूट्यूव च्यानल मार्फत सार्वजानिक गरिने भएको छ । उक्त गीतलाई निम्तो २ एल्बममा समावेश गरिने निर्माणपक्षले जनाएको छ ।

Comments